४ दिन मै बिक्यो महालक्ष्मी विकास बैंकको ऋणपत्र, आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 08:24:23 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज वैशाख ४ गते अन्तिम दिन रहेको छ  । बैंकले चैत्र २९ गतेदेखि आईपिओ बिक्री खुला गरेकोमा ४ कार्यदिन मै माग भन्दा बढीको आवेदन परेकोले आजबाट बिक्री बन्द गर्न लागेको हो  ।

 बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१००० दरले कुल १ अर्ब रुपैंया बराबर अर्थात् १० लाख कित्ता  ऋणपत्र बिक्री गरेको हो ।  उक्त ऋणपत्र मध्ये रु. ६० करोड रकम बराबरको ऋणपत्र अर्थात् ६ लाख कित्ता व्यक्तिगत तवर बाट र रु.४० करोड बराबरको ऋणपत्र अर्थात् ४ लाख कित्ता सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । सर्वसाधारणलाई निष्काशन हुने ६ लाख कित्ता मध्ये २० हजार ऋणपत्र सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ ।

यस ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सकिने छ।१० वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ।  

नेपाल धितोपत्र बोर्डले गत चैत्र ५ गते बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो । कम्पनीले ऋणपत्र निष्काशको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved