वैशाख १७ गतेबाट आरविवि म्युचुअल फण्ड २ को इकाई निष्काशन गर्दै आरविवि मर्चेन्ट बैंकिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 09:08:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले वैशाख १७ गतेबाट आरविवि म्युचुअल फण्ड २ नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्ने भएको छ । कम्पनीले आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने आरविवि म्युचुअल फण्ड २ नामक नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो । 

यस योजनाको आकार १ अर्ब २० करोड  रहेको छ । कम्पनीले  प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्दक राष्ट्रिय वाणिज्य बैंकलाई छुट्याईएको छ। बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ । यस इकाईमा  छिटोमा वैशाख २१ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा वैशाख ३१ गतेसम्ममा आवेदन दिन सकिने छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

हाल आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले आरविवि म्युचुअल फण्ड १ योजना संचालन गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved