छ्याङ्दी हाइड्रोको साधारणसभा आह्वान, यस्ता छन् हकप्रद सहितका प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 09:58:58 AM मा प्रकाशित

laxmi  sunrise bank

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले वैशाख २८ गते कमलपोखरी स्थित अग्रवाल भवनमा साधारणसभा आह्वान गरेको हो ।

सभामा हकप्रद निष्काशन सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको साधारणसभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

१. संचालक समितिको तर्फवाट अध्ययक्षज्यूले प्रस्तुत गर्नु हुने आव. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे ।

२. आव. २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदनका सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने बारे ।

३. कम्पनी ऐनको दफा १११ वमोजिम आव. २०७९/०८० को लागी लेखापरिक्षण गर्नका लागी लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने बारे। 

४. संचालक समितिको निर्वाचन गर्ने बारे ।


विशेष प्रस्ताबहरू

१. आठौं वार्षिक साधारण सभाबाट निर्णय भए वमोजिमको ४०% कप्रद शेयर सम्वन्धी निर्णय रद्द गरी कम्पनीको चुक्ता पूँजी रु. ३८,६९,७७,५०० को १०० प्रतिशत (अर्थात १:१ को अनुपातमा ) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने बारे ।

२. कम्पनीको पूँजी बृद्धि गर्ने सम्बन्धमा प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताब पारित गर्ने र सो सम्वन्धमा नियमनकारी निकायहरुबाट कुनै परिमार्जन गर्न निर्देशन भएमा सो वमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने बारे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved