घोराही सिमेन्टले पायो प्रिमियममा आईपिओ निष्काशन अनुमति, शिवमको भन्दा बढी मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 02:55:41 PM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले प्रिमियम मूल्यमा आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले वैशाख ६ गते कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

कम्पनीले उद्योग प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। जस मध्ये ३ लाख ९७ हजार १ सय ९० कित्ता शेयर उद्योग प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६ सय ११ कितात शेयर सर्वसाधारणलाई निष्काशन हुने छ । कम्पनीले स्थानीयलाई निष्काशन हुने शेयरको मूल्य प्रति कित्ता ४०० र सर्वसाधारणलाई निष्काशन हुने शेयरको मूल्य प्रति कित्ता ४३५ रुपैयाँ कायम गरेको छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपिओ निष्काशनको अनुमति माग गर्दै साउन ९ गते बोर्डमा आवेदन दिएको थियो । 

घोराही सिमेन्ट इन्डस्ट्रि पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग हो। बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

 त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ । 

यस सँगै घोराही सिमेन्ट आईपिओ निष्काशन गर्ने दोस्रो सिमेन्ट कम्पनी हुने छ । हाल शिवम सिमेन्ट मात्र आईपिओ निष्काशन गरेर नेप्सेमा सुचिकृत छ । शिवमले सर्वसाधारणलाई प्रति कित्ता ३ सयमा आईपिओ निष्काशन गरेको थियो । घोराहीको मूल्य सो भन्दा बढी हो । ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved