दोल्ती पावर कम्पनीको आईपिओ बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 07:26:29 PM मा प्रकाशित

laxmi  sunrise bank

दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ शुक्रबार दिउँसो बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले शुक्रबार दिउँसो ३ बजे बत्तीसपुतली स्थित काजीको किचेनमा शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले चैत्र २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारणको लागि १२ लाख ७१ हजार ८ सय ८६  कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको छ।

 दोल्ती पावरले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७६ पुस ८ गतेदेखि विजुली उत्पादन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved