मिर्मिरेको विशेष साधारण सभा सम्पन्न, मर्जर सम्बन्धि प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2023 | 09:35:57 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीले बैशाख १० गते काभ्रेपलान्चोकको धुलिखेल स्थित होटल सारथीमा सभा सम्पन्न गरेकोहो ।

 सभाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. र नेरुडे लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी विशेष प्रस्तावहरुलाई पारित गरेको छ । एक आपसमा गाभिए पश्चात बन्ने एकिकृत संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड हुने, तथा संस्थाको रजिष्टर्ड कार्यालय काभे्रपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १३ मा रहने, कर्पोरेट कार्यालय काठमाडौ र ललितपुर महानगरपालिका बाहेक काठमाडौँ उपत्यका भित्र रहने गरी प्रस्ताव पारित गरेको छ ।

दुबै संस्थाको शेयर स्वाप अनुपात १:१ कायम गर्ने, एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बन्धि संझौताहरुको अनुमोदन गर्ने, चल÷अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक÷मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमागाभ्ने÷गाभिने प्रयोजनको लागि बाँकी काम कार्य प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी प्रदान गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved