सूर्यज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2023 | 08:42:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्यज्योति लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ४ गते बिहिबार बिराटनगर स्थित होटेल हैरिसनमा सभा आह्वान गरेको हो ।

 कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन  सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

१) कम्पनीको पन्ध्रौं बार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८ / ०७९ को नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

३) साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८ / ०७९ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

४) लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७९ / ०८० को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा नीजको पारिश्रमिक निर्धारण गर्ने ।

५) संस्थापक शेयरधनी समुह 'क' बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालक र सर्वसाधारण शेयरधनी समुह 'ख' बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने ।

६) सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्तिको जानकारी तथा अनुमोदन गर्ने ।

बिशेष प्रस्ताव

१) कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन सम्बन्धमा कम्पनीको नियमावलीको नियम ३१ मा आवश्यक संशोधन गर्ने ।

२) कम्पनीको प्रवन्धपत्र / नियमावलीको संशोधनमा सम्बन्धित निकायहरुबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव / निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन / फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

३) कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७८ ०७९ मा साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. बाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने ।

४) कम्पनीको सञ्चालक समितिका सदस्यहरु तथा अन्य समिति / उप समितिका सदस्यहरुले प्राप्त गर्ने बैठक भत्ता तथा अन्य सुविधा परिमार्जन गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved