थप प्रष्ट पार्दै आन्तरिक राजस्व विभागले भन्यो 'प्राकृतिक व्यक्तिलाई पुँजीगत लाभकर नै अन्तिम'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2023 | 07:44:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व विभागले आर्थिक विधेयक, २०८० को दफा २९ को व्यवस्थालाई थप स्पष्ट पारेको छ। विभागले पुँजीबजारको हकमा पुँजीगत लाभकर नै अन्तिम कर भन्दै बुधबार जारी सूचनालाई थप स्पष्ट पारेको हो ।

विभागका अनुसार व्यवसायको रुपमा नभई प्राकृतिक व्यक्तिले लगानी गरेको धितोपत्रहरु विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको विभागले प्रष्ट पारेको छ ।

विभागको सूचनामा भनिएको छ 'व्यवसायको रुपमा नभई प्राकृतिक व्यक्तिले लगानी गरेको धितोपत्रहरु विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।'

यस अघि बुधबारको सूचनामा 'पटके'  उल्लेख गरिएकोमा सो शब्दले अन्योल देखिएको थियो । आज सो बारे नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुंजीबजार लगानीकर्ता संघले आज विभागका महानिर्देशक दीर्घराज मैनाली र विभागका कर अधिकृतहरुसँग छलफल गरे पछि विभागले सो व्यवस्थालाई थप प्रष्ट पारेको हो ।

यस्तो छ विभागको सूचना :




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved