मध्य भोटेकोशीद्वारा एकसाथ २ वर्षको साधारणसभा, यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 08:14:20 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले एकसाथ २ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २० गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आ.व. २०७७/०७८ र आ.व. २०७८/०७९ को सभा आह्वान गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले आ.व. २०७७/०७८ र आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदनको प्रस्तुति र सो को स्वीकृति सम्बन्धमा ।

२. लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०७७/०७८ र आ.व. २०७८/०८९ साल आषाढ मसान्तको वित्तीय विवरणहरू ( वासलात, आय विवरण तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू) उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. कम्पनीको सञ्चालक समितिको मिति २०७९/०५/०७ मा बसेको २७९ औं बैठकको निर्णयानुसार कम्पनी ऐन, २०६३ को दफा ११३ मा भएको व्यवस्था अनुरुप कम्पनी रजिष्ट्रारको कार्यालयमा अनुरोध गरिएकोमा उक्त कार्यालयको मिति २०७९/०५/१४ को स्वीकृति अनुसार लेखापरीक्षक श्री एच. के. एस.डि. एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षण समितिको सिफारिस अनुसार आ.व. २०७८/०७९ को लागि मूल्य अभिवृद्धि करबाहेक रु.१,७८,०००/- (एक लाख अठहत्तर हजार मात्र) लेखापरीक्षण शुल्क निर्धारण गरी लेखापरीक्षक नियुक्त गरिएकोले सोको अनुमोदनका साथै आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४. विशेष प्रस्ताबहरुः
(क) विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहायता दिइएको रकम अनुमोदन गर्ने सम्बन्धमा ।
(ख) सञ्चालक समिति सदस्यको निर्वाचन सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved