ग्लोबल आईएमई क्यापिटलले बिओके क्यापिटललाई गाभ्ने प्रस्ताव पारित गरेको छ । क्यापिटलको आज सम्पन्न विशेष साधारणसभाले गाभ्ने गाभिने प्रस्ताव पारित गरेको हो ।
सभाले गाभ्ने गाभिने समबन्धि संचालक समितिको निर्णय , र यसको लागि हालसम्म भए गरेका कार्यको अनुमोदन गर्ने, स्वाप रेसियो पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
ग्लोबल आईएमई क्यापिटलले बिओके क्यापिटललाई १००:५३.१७ को स्वापमा गाभ्न लागेको हो । ग्लोबल आईएमई क्यापिटलको माउ कम्पनी ग्लोबल आईएमई बैंक र बिओके क्यापिटलको माउ कम्पनी बैंक अफ काठमाडौँ मर्ज भएपछि सहायक कम्पनीको रुपमा रहेका यी दुई क्यापिटलले पनि मर्ज हुन लागेका हुन् ।