नेशनल माइक्रोफाइनान्सको विशेष साधारणसभा सम्पन्न, मर्जर प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 08:06:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।  आज आईतबार धादिङ्ग जिल्लाको धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेशीमा कम्पनीको साधारणसभा सम्पन्न भएको हो ।

विशेष साधारण सभाले सञ्चालक समितिको तर्फबाट सन्चालक समितीका अध्यक्ष केशवप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले समीट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपसमा गाभ्ने / गाभिने (मर्जर) सम्बन्धि विशेष प्रस्ताव सहितको प्रतिवेदन पारित गरेको छ । 

मर्जर पश्चात कम्पनीको नाम “नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड” हुने र संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका, वडा नं. १० मा रहने छ । एकीकृत कारोवार पश्चात संस्थाको अधिकृत पुँजी रु. १ अर्व ५० करोड र चुक्ता पूंजी रु. १ अर्ब ८ करोड पुग्ने छ ।

त्यसैगरी, मर्जर पश्चात संस्थाको शाखा सञ्जाल देशै भरीका ७४ जिल्लामा कुल २०६ वटा, कुल ग्राहक सदस्य संख्या २ लाख १५ हजार, लगानीमा रहेको कर्जा रु. १७ अर्व २२ करोड तथा ग्राहक सदस्यहरुबाट संकलित बचत रु. ४ अर्व ४८ करोड भन्दा बढी पुग्ने कम्पनीले जनाएको छ। 

मर्जर पश्चात वित्तीय तथा आउटरिचका हिसावले संस्था अझवढी सवल र जोखिम वहन गर्न सक्ने क्षमतामा अभिवृद्धि भई अवका दिनमा बिशेष गरि क्रेडिट प्लस क्रियाकलापमा केन्द्रित गरि सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढने योजना रहेको संस्थाका प्रमुख कार्यकारी राम बहादुर यादवले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved