बिपिडब्लु लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 08:09:31 AM मा प्रकाशित

laxmi  sunrise bank

बिपिडब्लु लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २६ गते मंगलबार जावलाखेल स्थित होटेल ले बगैचामा सभा आह्वान गरेको हो। 

कम्पनीको सभामा वार्षिक प्रतिवेदन, र वित्तीय विवरण पारित गर्ने तथा प्रस्ताव प्रस्ताव अनुमोदन गर्ने प्रस्तावहरु पेश हुने छन् । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १२ देखि असार २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

साधारण प्रस्ताव

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आ. व. २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित गर्ने ।

२. आ.व. २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण एवं सोसंग सम्बन्धित अनुसूचीहरु पारित गर्ने ।

३. आ.व. २०७८ / ०७९ को लेखा परीक्षण गर्न सञ्चालक समिति बाट बैधानिक लेखा परीक्षकको रुपमा आचार्य के.आर. एण्ड एसोसिएट्स लाई नियुक्त गर्न गरेको निर्णयलाई अनुमोदन गर्ने ।

४. आ.व. २०७९/०८० को लेखापरीक्षणको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. यस वित्तीय संस्थाको समूह “ख” सर्वसाधारण शेयरधनीहरु मध्येबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

 विषेश प्रस्तावहरु :

१. सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड विच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको लागि सम्पन्न सम्झौतापत्र, सहमतिपत्र, संयुक्त मर्जर समिति गठन एवं संयुक्त मर्जर समितिलाई आवश्यक कार्य गर्न सक्ने अख्तियार प्रत्यायोजन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने ।

२. सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड विच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको लागि दुबै वित्तीय संस्थाको चल, अचल सम्पत्ति र दायित्व मूल्यांकन (Due Diligence Audit) गर्न संयुक्त मर्जर समितिबाट सम्पत्ती र दायित्व मूल्यांकनकर्ता पि.एल. आर. जि. एसोसियट्स चाटर्ड एकाउण्टेण्ट्स लाई नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गरेकोमा सञ्चालक समितिको सिफारिश बमोजिम लेखापरीक्षक नियुक्ति र पारिश्रमिक सम्बन्धी निर्णयलाई अनुमोदन गर्ने ।

३. सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड विच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको लागि गर्ने अन्तिम सम्झौता पत्र ( Final Scheme) या (Arrangement) लगायतका अन्य कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

४. यस वित्तीय संस्थाले थप अन्य नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्रप्राप्त “घ” बर्गको लघुवित्त वित्तीय संस्थाहरुसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्नको लागि उपयुक्त देखिएमा सो सम्बन्धमा आवश्यक सम्पुर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने ।

५. सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड विच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत नियमनकारी निकायको स्वीकृति लिने, अभिलेख गर्ने क्रममा वा पूँजी संरचना वा प्रबन्धपत्र, नियमावलीको संशोधन सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम संशोधन परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved