नेप्सेमा ईङवा हाइड्रोको आईपिओ सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 01:18:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ईङवा हाइड्रोपावर लिमिटेडको शेयर सुचिकृत भएको छ ।  आज कम्पनीको ६० लाख कित्ता शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ । मंगलबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको IHL सिम्बलबाट कारोबार हुने छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९७.२९ रुपैयाँ देखि  २९१.८७ रुपैयाँ सम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । 

कम्पनीले वैशाख १३ देखि वैशाख १७ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्वसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता शेयर निष्काशन गरेको थियो

 ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved