नयाँ ब्रोकरलाई लाईसेन्स दिने प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2023 | 11:14:49 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नयाँ ब्रोकरलाई लाईसेन्स दिने प्रक्रिया सुचारु गर्न निर्देशन दिएको छ। यस अघि समितिले प्रक्रिया रोक्न निर्देशन दिएकोमा आज समितिले नेपाल धितोपत्र बोर्डसंग छलफल गरेपछि लाईसेन्स प्रर्किया सुचारु गर्न निर्देशन दिएको हो 

आज समितिले नेपाल धितोपत्र ब्रोडका अध्यक्ष रमेश हमाललाई बोलाएर ब्रोकर लाईसेन्स वितरणबारे प्रष्टीकरण सोधेको थियो । छलफलमा बोर्ड अध्यक्ष हमालले आफुले  'मेरिटोक्रेसी' मा रहेर ब्रोकर लाईसेन्स दिएको बताए । पुराना र केही ब्रोकरले मात्रै लाभ लिन सक्ने अवस्थालाई अन्त्य गरि बजारमा खुला प्रणाली ल्याएको र मापदण्ड पुरा गरेका र सक्षम रहेका जसले पनि लाईसेन्स पाउन सक्ने व्यवस्था गरेको बताए । उनले लाईसेन्स दिने निर्णय पूर्ण रुपमा पारदर्शी भएको बताउदै बोर्डको संचालक समितिले नै निर्णय गरेर लाईसेन्स दिएको प्रष्ट पारे । बोर्डको संचालक समितिमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय , र राष्ट्र बैंकका प्रतिनिधि पनि रहने प्रष्ट पारे 

यस अघि समितिले धितोपत्र बोर्डसंग छलफल गर्नु पर्ने भन्दै ब्रोकर लाईसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved