घोराही प्रकरणमा आलोचनापछि धितोपत्र बोर्डले भन्यो, 'सजाय दिएको होइन, अनुसन्धान मात्रै हो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2023 | 05:54:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रीजको आइपीओ स्थगनलाई सजाय नभइ अनुसन्धानको संज्ञा दिएको छ। कसैलाई सजाय दिएको नभइ आइपिओ बिक्री प्रक्रियामा शंकास्पद गतिविधि भएकाले अनुसन्धानका लागि स्थगन गरेको बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले जानकारी दिए । 

उनले भने, 'कसैलाई सजाय दिएको होइन, केही शंकास्पद गतिविधि देखिएकाले अनुसन्धानका लागि स्थगन गरिएको हो। अनुसन्धानमा कतै गल्ती देखिएन भने आईपिओमा आवेदन प्रक्रिया स्थगित भएकै विन्दुबाट सुरु हुन सक्छ वा कैफियत भेटिए त्यहीअनुसार कानून बमोजिम कारबाही हुन्छ,तर यही नै हुन्छ भनेर अहिल्यै केही भन्न सकिदैन।'

विदेशका नेपाली कामदार र आयोजना प्रभावितलाई बिक्री गरिसकेपछि मात्रै केयर रेटिङले गरेको रेटिङको विषय उठाएर स्थगित गर्नुपर्ने कारणबारे बोल्दै उनले भने, 'कसैले सर्टिफिकेट पेश गरेर जागिर गर्यो, केही समयपछि नक्कली भएको आशंका भए पनि उसलाई जागिरबाट बाहिर राखेर अनुसन्धान गर्नुपर्यो, यस्तै कुरा रेटिङको हकमा भएको हो ।'

तर रेटिङ मात्रै एउटा कारण नभएकाले अरु विषय पनि अनुसन्धान गर्नुपर्ने भएपछि स्थगित गरिएको उनले स्पष्ट पारे। पैसा नभएका खाताबाट आवेदन पर्नुमा प्रणालीको मात्रै समस्या हो या कसैको संलग्नतामा नै यस्तो भएको हो भन्नेबारे पनि अध्ययन गर्नुपर्ने उनले बताए। जाँचबुझकै लागि स्थगित गरिएकोमा अन्यथा शंका गर्नुपर्ने ठाउँ नरहेको समेत उनले स्पष्ट पारे। 

नेपाल धितोपत्र बोर्डले हिजो घोराही सिमेन्टको आइपियो स्थगित गर्न निर्देशन दिएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved