नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2023 | 05:21:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी रू. ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार कायम गर्न स्वीकृति प्रदान गरेको छ । २०८० असार ५ गते बसेको मन्त्रिपरिषदको बैठकले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी रू. ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार कायम गर्न स्वीकृति प्रदान गरेको हो।

हाल लगानी कोषको चुक्ता पुंजी ४ अर्ब २५ करोड रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१५८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित २५ प्रतिशत लाभांशपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब ३१ करोड हुने छ ।

सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा कम्पनीले प्रस्ताव गरेको २५ प्रतिशत लाभांश बितरणको लागि स्वीकृति प्रदान गर्दै कोषको चुक्ता पुँजी  ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार कायम गर्न स्वीकृति प्रदान गरेको हो।  यस संगै कम्पनीलाई साधारणसभा बोलाएर लाभांश पारित गर्ने बाटो खुलेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved