आज ६ अर्बको शेयर कारोबार: बीमा समुहमा झुम्मिए लगानीकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2023 | 03:15:16 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से ६२.६१ अंकले बढेको छ । आजको वृद्धिसंगै नेप्से सूचक २११७.७३ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २७५ कम्पनीका १ करोड ४७ लाख ५१ हजार २ सय ४७ कित्ता श्येअर खरिद बिक्रीबाट ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६ सय ६५ रुपैयाँ ८९ पैसाको कारोबार भएको छ ।

जस मध्ये शिवम सिमेन्टको सर्वाधिक ४९ करोड ९० लाखको कारोबार भएको छ भने सोल्टी होटेलको ३८ करोड ९० लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको २४ करोड ३८ लाखको कारोबार भएको छ ।

आज लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल , हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबि ५० म्युचुअल फण्ड, तथा सामलिङ  पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज शुभम पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ६.८१ प्रतिशतले घटेको छ ।

आज करोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये बीमा समुह सर्वाधिक बढेको छ । आज जीवन बीमा समुह ७.७९ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समुह ६.०९ प्रतिशत बढेको छ । आज फाइनान्स समुह ५.७३ प्रतिशत, अन्य समुह ५.२२ प्रतिशत तथा ट्रेडिङ समुह ५.०३ प्रतिशत बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved