'नेप्से ३० इन्डेक्स' को सम्पूर्ण तयारी पुरा, संचालक समितिले मिति तोकेपछि संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2023 | 11:03:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'नेप्से ३० इन्डेक्स' संचालनमा ल्याउने अन्तिम तयारी गरेको छ । नेप्सेको व्यवस्थापनले नेप्से ३० इन्डेक्स संचालनमा ल्याउनको लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अब संचालक समितिले इन्डेक्स संचालनमा ल्याउने मिति तोक्न मात्र बाँकी रहेको र संचालक समितिले मिति तोकेपछि तोकिएको मितिबाट इन्डेक्स संचालनमा आउने बताए । व्यवस्थापनको तर्फबाट गर्नु पर्ने सम्पूर्ण काम सम्पन्न भईसकेको उनले बताए ।

नेप्सेले गत वैशाख २० गते नेप्से ३० मा सुझाव उपलब्ध गराउन आग्रह गर्दै जेठ ५ गतेसम्मको समय दिएको थियो । आएकाका सुझावहरुलाई समेत समेटेर नेप्सेले नेप्से ३० संचालनमा ल्याउने तयारी गरेको हो ।

के हो नेप्से ३० ?

 नेप्सेले दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्य अनुरुप बजारमा तत्काल कारोबारयोग्य ( Free Float) सेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित ( Value Weighted) सूचकांकको रुपमा नेप्से ३० इन्डेक्स तर्जुमा गर्न लागेको हो । यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, Exchange Traded Fund सञ्चालन लगायतमा सघाउ पुऱ्याउने अपेक्षा नेप्सेले राखेको छ । यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुन जाने विश्वास नेप्सेको छ।

नेप्से ३० इन्डेक्सले ३० वटा कम्पनीलाई समावेश गरेर एउटा छुट्टै इन्डेक्स बनाउने छ । कम्पनी छनौटको लागि निम्न आधारहरु तयार पारिएको छ । 

(क) प्रति सेयर चुक्ता मुल्य भन्दा प्रति सेयर कितावी मूल्य बढि हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्ष सहित कम्तिमा ३ वर्ष खुद नाफामा रहेको ।

(ख) अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी (Earning Per Share, EPS) चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दर भन्दा बढी रहेको ।

(ग) कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि - फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि- फ्लोट बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी रहेको ।

(घ) सेयरधनीको संख्या कम्तीमा २०,००० रहेको ।

(ङ) पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत रु. २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५००० कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको ।

(च) पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरु मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको ।

इन्डेक्स गणना विधि निम्न अनुसार रहेको छ 

१. उपरोक्त मापदण्डहरुबाट छनौट भएर आएका कम्पनीहरुको प्रारम्भिक सूची तयार गर्ने ।

२. प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाको फ्रि-फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोवार रकम, कारोवार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई (अर्को पृष्ठमा) दिइएको उदाहरण अनुसार भार प्रदान गरी कुल भार (Composite Weight) गणना गर्ने ।

३. सूचीकृत संगठित संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बिमा, जलविद्युत, उत्पादनमूलक, व्यापार तथा सेवा गरी ६ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरी बुँदा नं. २ मा उल्लेख गरिएको विधि अनुसार प्रत्येक समूह भित्र छुट्टाछुट्टै कम्पनीको आ-आफ्नै समूहमा कूल भार (Sectoral Composite Weight) गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरुबाट ८ वटा कम्पनी छनौट गर्ने । कुनै समूहमा ८ संगठित संस्था भन्दा कम छनौट भएमा उपलब्ध सवै संगठित संस्था छनौट गर्ने ।

४. बुँदा नं. ३ अनुसार छनौट भएका संगठित संस्थाहरुको संख्या ३० भन्दा बढि भएमा बुँदा नं. २ अनुसार गणना गरिएको कूल भारमा कम भार भएका कम्पनीहरुलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउदा प्रत्येक समूहवाट कम्तीमा एक संगठित संस्था कायम गर्ने ।

५. बुँदा नं. ३ अनुसार छनौट भएका संगठित संस्थाहरुको संख्या ३० भन्दा कम भएमा प्रत्येक समूहवाट आठ भन्दा बढि कम्पनी छनौट नहुने गरी बुँदा नं. २ अनुसारको विधिवाट सूचीकृत सवै कम्पनीको कूल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पऱ्याउने ।

यस इन्डेक्स गणना गर्नका लागि आधार बजार पुँजीकरण मिति २०७९ पौष ३० गतेको फ्रि - फ्लोट बजार पुँजीकरणलाई लिईने नेप्सेले जानेको छ । यस इन्डेक्सलाई प्रत्येक वर्ष भदौ महिनाको अन्तिम शुक्रबार र फागुन महिनाको अन्तिम शुक्रवार रिब्यालेन्सिग गरी कम्पनी थप-घट गर्ने नेप्सेको तयारी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved