समाज लघुवित्तको लाभांश घोषणा, ५ गते निर्णय गरेर १७ गते जानकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2023 | 12:08:36 PM मा प्रकाशित

laxmi  sunrise bank

समाज लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबा बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुंजी २ करोड रहेको छ ।

लाभांश सम्बन्धि सूचना निर्णय भएकै दिन वा भोलिपल्ट बजार खुल्नु अगाडी नै नेप्सेलाई जानकारी गराउनु पर्ने व्यवस्था रहेकोमा कम्पनीले भने असार ५ गते निर्णय गरेर असार १७ गते मात्र नेप्सेलाई जानकारी गराएको छ । 

समाज लघुवित्तले आईपिओ निष्काशन गरेको केही समय मै स्वस्तिक लघुवित्तसंग मर्जर सम्झौता गरेको थियो । मर्जरमा विवाद देखिएपछि हालसम्म पनि समाज लघुवित्तको शेयर कारोबार हुन सकेको छैन । राष्ट्र बैंकले हालै मात्र यी दुई संस्थालाई डिमर्जरको अनुमति दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved