लक्ष्मी क्यापिटलको २ वटा म्युचुअल फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2023 | 10:29:28 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटलले संचालन गरेको २ वटा सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा भएको छ। लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले लाभांश गरेका हुन् ।कोष व्यवस्थापक लक्ष्मी क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार क्यापिटलले लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ८ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेको छ । त्यस्तै लक्ष्मी उन्नति कोषका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ९.५  प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा क्यापिटलले गरेको छ । 

लाभांश बितरणको लागि बुक क्लोज मिति भने पछि प्रकाशन हुने छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved