अपर तामाकोशीको साधारणसभा आह्वान, यस्ता छन् ४ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2023 | 08:23:44 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ ६ गते बुधबार कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आर्थिक वर्ष २०७८/७९ को सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:


१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेबारे ।

२. लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा/ (नोक्सान) हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गर्नेबारे ।

३. लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्नेबारे। 


४. विविध ।

विशेष प्रस्ताव

१. आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आ.व. २०७८/७९ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने सम्बन्धमा।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved