मनकामना इन्जिनियरिङ्गको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2023 | 09:06:03 AM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले आज मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो 

योजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर आज बाँडफाँड भएको हो 

कम्पनीले श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई २ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २५ हजार २ सय १९ जनाको आवेदन परेकोमा १ जनाको आवेदन रद्द भई २५ हजार २ सय १८ जनाको आवेदन मात्र योग्य भएको छ । सबै योग्य आवेदकलाई न्युनतम १० कित्ता शेयर बाँडफाँड गर्न नपुग्ने भएकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जसमा गोलाप्रथाबाट २० हजार जनाले १० कितात्को दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । शेयर नपरेका आवेदकले सर्वसाधारणलाई शेयर निष्काशन गर्दाको समयमा आवेदन दिन सक्ने छन् । 

त्यस्तै कम्पनीले  आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावितलाई ८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । यस निष्काशनमा ७ सय २२ जनाको आवेदन परेको छ । ७ सय २२ जना आवेदकले आफुले माग गरे बमोजिम शेयर पाएका छन् । यस हिसाबमा कुल १ लाख ८३ हजार ३ सय ८० कित्ता शेयर बाँडफाँड भएको छ । स्थानीयले खरिद नगरेको ६ लाख १६ हजार ६ सय २० कित्ता सर्वसाधारणमा निष्काशन हुने छ ।  

आईपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट https://bokcapital.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र इस्टर्न हाइड्रोको वेबसाइट https://ehpl.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

मनकामना इन्जिनियरिङ्गले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ।  आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved