माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १५६ करोड, १५ प्रतिशत बढी लाभांश क्षमता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2023 | 08:38:48 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा १ अर्ब ६८ करोड रहेकोमा आर्थिक वर्ष ७९/८० मा बैंकको खुद नाफा बढेर १ अर्ब ८५ करोड पुगेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड पुगेको छ । संचालन मुनाफा पनि ९.९१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड रहेको छ ।

बैंकको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर २.१२ प्रतिशत पुगेको छ । खराब कर्जा बढेपछि बैंकले सम्भावित जोखिमको लागि छुट्याएको रकम ६३.६० प्रतिशतले बढेर ८२ करोड पुगेको छ । यस अवधिमा बैंकको निक्षेप ६.३१ प्रतिशतले बढेर १ खर्ब ५४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १.६४ प्रतिशतले घटेर १ खर्ब २६ अर्ब कायम भएको छ ।

बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रहेको छ भने बैंकको जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ संचित छ। बैंकको वितरणयोग्य मुनाफालाई आधार मान्दा बैंकको लाभांश क्षमता १५.२९ प्रतिशत रहेको छ 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ ५ पैसा, प्रति शेयर नेटवर्थ १५९ रुपैयाँ १३ पैसा र पीइ रेसियो १२.८४ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved