डिम्याट खातामा आयो आइएमई लाइफ इन्स्योरेन्सको शेयर, आइएलआई सिम्बलबाट कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2023 | 07:26:34 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सको शेयर डिम्याट खातामा आएको छ। सिडीएससीले आज बुधबारबाट लगानीकर्ताको खातामा शेयर पठाउन थालेको हो। 

डिम्याट खातामा शेयर आएसंगै अब नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएसंगै कम्पनीको शेयर खरिद बिक्री गर्न सकिने छ  । कम्पनीको ILI सिम्बलबाट कारोबार हुने छ  ।

कम्पनीले सर्वसाधारणलाई असार २१ गतेदेखि असार २५ गतेसम्म  ९६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।  ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved