फेरि संशोधन भयो नेष्डो समृद्ध लघुवित्तको लाभांश, अब नगद मात्र वितरण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2023 | 09:32:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्ध लघुवित्तले लाभांश संशोधन गरेको छ। कम्पनीले लाभांश संशोधन गरि अब नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ  ।

कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रताव गरेको हो । राष्ट्र बैंकले स्विकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले सुरुमा ५० प्रतिशत बोनस शेयर र २३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश बितरण गर्ने गर्ने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले १७.९३ प्रतिशत लाभांश मात्र बितरण गर्नको लागि स्वीकृति दिएको थियो । आफुले प्रस्ताव गरे बमोजिम पुरै लाभांश बितरण गर्न पाउनु पर्ने माग गर्दै कम्पनीले राष्ट्र बैंकलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा हालेको थियो । तर सर्वोच्चले अन्तरिम आदेश नदिएपछि कम्पनीले मुद्दा फिर्ता लिएको थियो ।  अब कम्पनीले १५ प्रतिशत मात्र लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

विद्यमान विषम परिस्थितीमा संस्थाको वित्तीय अवस्थामा प्रत्यक्ष नकरात्मक प्रभाव पार्ने भएकोले लाभांश संशोधन गरि नगद मात्र वितरण गर्न प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved