३ वटा वाणिज्य बैंकका सहायक कम्पनीले नेप्सेबाट पाए ब्रोकर सदस्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2023 | 10:17:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले ३ वटा वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर सदस्यता प्रदान गरेको छ । नेप्सेले साउन १९ गते शुक्रबार सदस्यता नम्बर प्रदान गरेको हो ।

ब्रोकर सदस्यता पाउनेमा मेगा स्टक मार्केट्स लिमिटेड, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड र नबिल सेक्युरिटिज रहेका छन् । यी मध्ये मेगा स्टक मार्केट्स पूर्ण कार्य गर्ने ब्रोकर, माछापुच्छ्रे सेक्युरिटिज सिमित कार्य गर्ने ब्रोकर र नबिल सेक्युरिटिज धितोपत्र ब्यापारी रहेको छ ।

मेगा स्टक मार्केट्स लिमिटेड ब्रोकर नम्बर ७५ , माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ७६ र नबिल सेक्युरिटिज ब्रोकर नम्बर ७७ को रुपमा रहने छन् । अब सिडीएसबाट क्लियारिंग मेम्बरको सदस्यता लिएपछि यी ब्रोकरले कारोबार सुरु गर्न सक्ने छन् ।

नेप्सेले ब्रोकर सदस्यता प्रदान गर्ने कम्पनीको संख्या १७ पुगेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved