सर्वसाधारणलाई साउन ३२ देखि प्रिमियममा आईपीओ बिक्री गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 08:32:28 AM मा प्रकाशित

laxmi  sunrise bank
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन ३२ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गर्न लागेको हो ।  

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गर्नेछ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्ने छन्।शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ  । 

कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved