डिम्याट खातामा आयो घोराही सिमेन्टको शेयर, आईतबारदेखि कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 08:15:29 PM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्टको आईपीओ लगानीकर्ताको खातामा आएको छ । सिडीएससीले आज बुधबार कम्पनीको शेयर लगानीकर्ताको डिम्याट खातामा पठाएको हो 

यस संगै अब कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । नेप्सेका अनुसार कम्पनीको शेयर यसै साता सुचिकृत हुने छ । बिहिबार वा शुक्रबार शेयर सुचिकृत हुने भएकोले आगामी आइतबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ । कम्पनीको GCIL सिम्बलबाट कारोबार हुने छ 

कम्पनीले सर्वसाधारणलाई अंकित  मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो ।  नेपाल धितोपत्र बोर्डको निर्देशनमा असार ४ देखि कम्पनीको आईपीओ स्थगित भएको थियो । फेरि बोर्डको निर्देशनमा असार २२ गतेदेखि आवेदन फिर्ता लिने, र आवेदन दिएकोको हकमा कित्ता थपघट गर्न सक्ने विकल्प सहित आवेदन पुन: खुला भएको थियो ।  

  आईपीओमा कुल ५ लाख ८१ हजार ५ सय ४६ जना आवेदकबाट १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५ लाख ५७ हजार ७ सय १ जना आवेदकको आवेदन मात्र योग्य रहेका थिए । आवेदन दिएका सबै आवेदकले शेयर पाएका थिए। आवेदकले न्युनतम १० देखि अधिकतम ८० कित्तासम्म शेयर पाएका थिए । 

शेयर बाँडफाँड मोडल अनुसार १० कित्ता देखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना आवेदकले माग गरे बमोजिम कै शेयर पाएका छन् । त्यस्तै ८० कित्ता देखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता शेयर पाएका छन् । बाँकी रहेको ६ हजार ९ सय १० कित्ता शेयर गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ । जस अनुसार ७० कित्ता शेयर पाएका ४ हजार ६ सय ५७ जना मध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्ता सम्म शेयर पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved