हिमालयन ८०-२० म्युचुअल फण्ड आजदेखि बिक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2023 | 08:28:22 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन क्यापिटलले आज साउन ३२ गतेदेखि हिमालयन ८०-२० नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको छ । क्यापिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि हिमालयन ८०-२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । 

यस योजनाको आकार १ अर्ब रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक हिमालयन बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड ईकाईको लागि दिन सकिने छ । यस निष्काशनमा  छिटोमा भदौ ४ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा भदौ १५ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

 यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८०% (अस्सी प्रतिशत) पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २०% (बीस प्रतिशत) पुंजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानी कर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।   

यो पनि : बजारको वृद्धिभन्दा बढी प्रतिफल दिने मोडलमा हिमालयन म्युचुअल फण्ड योजना डिजाइन गरेका हौँ (अन्तर्वार्ता)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved