अबको ३ महिनामा पूर्वाञ्चल ल्यूव आयलको आईपीओ आउँछ: सञ्चालक उप्रेती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2023 | 12:22:36 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वाञ्चल ल्यूव आयल लिमिटेडले अबको ३ महिना भित्र आईपीओ निष्काशन गरि सक्ने जनाएको छ । हाल नेपाल धितोपत्र बोर्डमा प्रक्रियागत काम भइरहेकाले आगामी ३ महिनामा कम्पनीको आईपीओ निष्काशन हुने कम्पनीका सञ्चालक सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।

५० करोड चूक्ता पूँजी भएको पूर्वाञ्चल ल्यूव आयल लिमिटेडले चुक्ता पूँजीको १० प्रतिशत अर्थात् ५ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि बिक्रि प्रवन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ । 

सुन्दरहरैचा ९, मोरङ्गस्थित बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पूर्वाञ्चल ल्यूव आयलले २३ वर्षदेखि ल्युवरिकेन्टस् उत्पादन तथा बिक्री गर्दै आएको छ । पूर्वाञ्चल ल्यूव आयल लिमिटेडले आईपीओ निष्काशन गरेपछि नेप्सेमा सूचीकृत हुने दोस्रो ल्युवरिकेन्टस् कम्पनी बन्नेछ । नेप्सेमा सूचिकृत हुने पहिलो ल्युवरिकेन्टस् कम्पनी नेपाल ल्यूव आयाल हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved