ज्योति क्यापिटलले साधारणसभा आह्वान, १०.५२ प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2023 | 08:40:17 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ २१ गते बिहिबार साधारणसभा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१) आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको यस क्यापिटलको २०८० आषाढ मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने ।

३) आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । ४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजनका लागि समेत गरी हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश जम्मा रु.२,२१,०५,२३० / - (अक्षरेपी दुई करोड एक्काइस लाख पाँच हजार दुई सय तीस मात्र) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।

५) क्यापिटलको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने ।

६) सञ्चालक समितिको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा अनुमोदन गर्ने ।

 विशेष प्रस्ताव :
१) क्यापिटलको रजिष्टर्ड (केन्द्रीय) कार्यालयको ठेगाना परिवर्तन गर्ने । 

२) उपरोक्त उल्लिखित विषयहरुका सम्बन्धमा क्यापिटलको प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायबाट संशोधन, परिवर्तन वा थप घट गर्न सुझाव वा निर्देशन प्राप्त भएम सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप / घट सहित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved