म्युचुअल फण्ड के हो ? कस्ता लगानीकर्ताको लागि उपयुक्त हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2023 | 04:44:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पुँजीबजारमा लगानीको रहेका विभिन्न औजार मध्ये म्युचुअल फण्ड पनि एक हो । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका योजना व्यवस्थापकले सामुहिक लगानी कोष योजना अर्थात् म्युचुअल फण्ड संचालन गर्ने गर्दछन् । म्युचुअल फण्ड मार्फत धेरै जना लगानीकर्ताबाट रकम एकित्रित गरिन्छ,  र त्यो पुँजीबजार मै लगानी गरिन्छ । केहि अंश बैंकमा निक्षेपको रुपमा पनि राख्न सकिन्छ ।

हाल नेपालमा बन्दमुखी सामुहिक लगानी कोष योजना र खुलामुखी म्युचुअल फण्ड योजना संचालनमा छन् । बन्दमुखी योजनामा फण्डको आकार र फण्डको अवधि तोकिएको हुन्छ। तोकिएको अवधि व्यतित भएपछि फण्ड परिपक्व भई लगानीकर्तालाई रकम फिर्ता गरिन्छ । बन्दमुखी योजना नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भई दोस्रो बजारमा समेत कारोबार हुन्छ ।

खुलामुखी योजनामा भने निश्चित अवधि तोकिएको हुदैन । यो फण्ड निरन्तर चलिरहेको हुन्छ । खुलामुखी फण्डको इकाईहरु नेप्सेमा सुचिकृत हुदैन । योजना व्यवस्थापक मार्फत नै खुलामुखी फण्डको इकाई खरिद बिक्री गर्न सकिन्छ ।

सामान्यतया पुँजीबजारको धेरै ज्ञान नभएका, र पुँजीबजारमा प्रत्यक्ष लगानी गर्न समय नभएका हरुलाई म्युचुअल फण्ड उपयुक्त मानिन्छ । हाल बजारमा म्युचुअल फण्ड योजनाका प्रकृति पनि फरक फरक रहेका छन् ।

हाल हिमालयन क्यापिटलले बन्दमुखी म्युचुअल फण्ड योजना 'हिमालयन ८०-२०' निष्काशन गरिरहेको छ । हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तका अनुसार यो फण्ड संस्थागत लगानीकर्तालाई भन्दा पनि व्यक्तिगत लगानीकर्तालाई लक्षित् गरेर ल्याईएको फण्ड हो । उनका अनुसार यस योजनाले १०० रुपैयाँ लगानी गर्दा ८० रुपैयाँ दीर्घकालिन लाभ सिर्जना गर्ने नियमित लाभांश दिने शेयर, निश्चित आम्दानी दिने वित्तीय उपकरण र ऋणपत्रहरुमा लगानी गर्नेछ । त्यस्तै बाँकी २० रुपैयाँ लगानी भने अल्पकालमा उच्च लाभ सिर्जना गर्ने शेयर, निश्चित आम्दानी दिने वित्तीय उपकरण र ऋणपत्रहरुमा गर्ने उनको भनाई छ।

हिमालयन क्यापिटलका सीइओ पन्तका अनुसार यो म्युचुअल फण्ड मात्र नभई सामान्यतय सबै म्युचुअल फण्ड ३ प्रकारका व्यक्तिहरुको लागि उपयुक्त हुन्छ । उनका अनुसार म्युचुअल फण्ड खरिद गर्नुपर्ने नै रिटेल इन्भेष्टर अर्थात व्यक्तिगत लगानीकर्ताहरुले हो । जो सँग ठूलो पुँजी छैन, लगानी गरेर त्यसको नियमितरुपले मुल्याङ्कन गर्ने समय पनि छैन, पुँजी बजारमा सहीरुपले लगानी गर्नुपर्ने ज्ञान पनि छैन तर जो पुँजी बजारमा लगानी गर्न इच्छुक छन्, त्यस्ता लगानीकर्ताहरुका लागि म्युचुअल फण्ड सबैभन्दा उपयुक्त लगानीको साधन हो ।

त्यस्तै जसले पहिले नै पुँजी बजार वा म्युचुअल फण्डमा लगानी गरिरहेको छन्, उनीहरुका लागि लगानीको विविधिकरण गर्नको लागि म्युचुअल फण्ड अर्को अवसर  बन्ने सक्ने उनी बताउछन्। उनका अनुसार म्युचुअल फण्डले लगानीलाई विविधिकरण गर्न सहयोग गर्छ ।

त्यस्तै तेस्रो नम्बरमा म्युचुअल फण्ड सस्थागत लगानीकर्ताहरुलाई लगानीको उपयुक्त अवसर हो । संस्थागत लगानीकर्ताहरुले विभिन्न नियामकीय प्रावधानका कारणले बजारमा सहजरुपले लगानी गर्न असमर्थ भएको अवस्थामा म्युचुअल फण्ड मार्फत सहजरुपमा लगानी गर्न सक्ने सीइओ पन्त बताउछन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved