कहिलेसम्म कायम इकाईधनीले पाउछन् सिद्धार्थको म्युचुअल फण्डले दिने लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 08:54:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटलले आफ्नो म्युचुअल फण्डले प्रदान गर्ने लाभांशको लागि बुक क्लोज मिति तय गरेको छ। क्यापिटलले सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को लाभांश वितरणको लागि भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो 

यस स्नागे भदौ १२ गतेसम्म कायम इकाईधनीले फण्डले प्रदान गर्ने लाभांश पाउन सक्ने छन् ।  योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ३२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि लाभांश घोषणा गरिसकेको छ । 

जस अनुसार सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँ लाभांश वितरण गर्ने छ। त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २  इकाईधनीहरुलाई ६.५ प्रतिशतले हुन आउने ७ करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्ने छ। 

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले भने  यस पटक लाभांश वितरण नगर्ने भएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved