सरकारले संशोधन गर्यो धितोपत्र दर्ता तथा निष्काशन नियमावली, आईपीओमा नयाँ नियम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 11:50:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नियमावली स्वीकृत गरेको हो  ।

अर्थ मन्त्रालयको प्रस्तावमा धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा संचार त्तहा सूचना प्रविधिमन्त्री रेखा श्रमले जानकारी दिईन्  ।  यस अघि नै सो नियमावली संशोधन भएको भनिए पनि त्यस समय मन्त्रीपरिषदको विधेयक समितिले मात्र पारित गरेको बताईएको छ । 

नेपाल धितोपत्र  बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाएको थियो ।  नियमावली स्वीकृत भएसंगै कम्पनीहरुले आईपीओ जारी गर्दा अपनाउनु पर्ने व्यवस्थामा केहि परिमार्जन गरिएको स्रोतले जनाएको छ।

स्रोतक अनुसार अब २ आर्थिक वर्ष कारोबार गरिसकेका प्राइभेट कम्पनीहरुले पब्लिक कम्पनीमा परिणत भए लगत्तै आईपीओ निष्काशन गर्न पाउने छन् । त्यस्तै प्रिमियममा आईपीओ निष्काशन गर्ने व्यवस्था पनि केही परिमार्जन गरिएको छ । पुँजीबजारमा रियल सेक्टरका कम्पनीहरूको सहभागिता बढाउने उदेश्यले त्यस्ता कम्पनीहरुलाई आईपीओ जारी गर्नको लागि केहि खुकुलो व्यवस्था समेत गरिएको स्रोतले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved