डिम्याट खातामा आयो लक्ष्मी सनराइज बैंकको शेयर, एलएसएल सिम्बलबाट कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 04:53:45 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी सनराइज बैंकको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ । मंगलबारदेखि सिडीएसले लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो । साविकको लक्ष्मी बैंक र सनराइज बैंकको शेयर हटेर लक्ष्मी सनराइज बैंकको नाममा शेयर आएको हो । 

शेयर लगानीकर्ताको खातामा आएसंगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बैंकको शेयर सुचिकृत भएपछि लगानीकर्ताले शेयर कारोबार गर्न सक्ने छन् । कम्पनीको शेयर एलएसएल (LSL) सिम्बलबाट कारोबार हुने छ । 

लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएर असार २९ गते देखि संयुक्त रूपमा एकिकृत कारोबार शुरु गरेका हुन्। लक्ष्मी सनराइज बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।  यी दुई बैंक समान हैसियत अर्थात् १:१ को स्वापमा मर्ज हुन भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved