अपर तामाकोशीको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2023 | 07:22:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले  बुधबार कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आर्थिक वर्ष २०७८/७९ को साधारणसभा सम्पन्न गरेको हो।

 सभाले  आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन,र लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा/ (नोक्सान) हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ । त्यस्तै सभाले लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ। 

 साधारणसभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आ.व. २०७८/७९ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कम्पनीले भदौ १८ गतेदेखि हकप्रद निष्काशन गर्दै छ । कम्पनीले  १:१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले  प्रति शेयर १०० रुपैयाँको दरले हुने  दश अर्ब उनान्साठ्ठी करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस हकप्रदमा असोज ७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद निष्काशनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस संगै साउन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved