धितोपत्र बोर्ड अध्यक्षद्धारा शेयरप्रो सेक्यूरिटिजको औपचारिक उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2023 | 01:49:57 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरप्रो सेक्यूरिटीज प्रा. लि.( शेयर दलाल नं.६५ ) को औपचारिक उद्घाटन भएको छ । आज शुक्रबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष  रमेश कुमार हमालले कम्पनीको आफ्नोऔपचारिक उद्घाटन गरेका हुन् । 

 उद्घाटन कार्यक्रममा अध्यक्ष हमालले कम्पनीलाई बधाई दिदैं उच्चतम् प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाट नै शेयर बजारमा सकारात्मक परिवर्तन हुदैं जाने विश्वास व्यक्त गरे ।  उनले ग्राहकहरुको सन्तुष्टिमा नै कम्पनीको प्रगती भर पर्ने बताउदै त्यसतर्फ ध्यान दिन आग्रह गरे।  

 उद्घाटनको अवसरमा कम्पनीले साता व्यापी कार्यक्रम “शुभारम्भ सप्ताह” समेत सार्वजनिक गरेको छ । यो कार्यक्रम भदौ ८ देखि भदौ १५ गतेसम्म  (शनिबार तथा सार्वजनिक विदाको दिन समेत) बिहान १०ः०० बजे देखि साँझ ५ः०० बजे सम्म कम्पनीको कार्यालय ढल्कुमा हुने कम्पनीले जनाएको छ । 

कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही  व्यक्तिले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने कम्पनीले उल्लेख गरेको छ। 

कम्पनीले मिति २०८०।०२।०९ मा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी शेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved