स्वस्ति वाचन गरेर कलश स्टक मार्केटको कारोबार सुरु, पोखरामा शाखा खोल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 09:46:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र वोर्ड वाट सिमित कार्य गर्न अनुमति प्राप्त संस्था कलश स्टक मार्केट प्रा.लि . (व्रोकर नम्वर ७४) ले कारोवार शुरु गरेको छ । आइतबार काठमाडौं महानगरपालिका वडा नं १०  बुद्धनगर स्थित कम्पनीको कार्यालयमा बैदिक विधिपुर्वक स्वस्ति वाचन गरी ब्रोकर सेवाको शुभारम्भ गरिएको कम्पनीले जनाएको छ । 

प्रचलित कानुनको पुर्ण पालना र धितोपत्र बजारका क्षेत्रका आधारभुत मुल्य मान्यताहरुलाई आत्मसाथ गर्दै ग्राहकको सन्तुष्ठीलाई नै केन्द्रमा राखेर पारिवारिक वातावरणमा शिघ्र,  सर्वसुलभ, विश्वसनीय प्रविधिमैत्री धितोपत्र दलाल  सेवा सञ्चालन गर्न प्रतिवद्धता कम्पनीले जनाएको छ । 

सवैलाई पायक पर्ने स्थानमा कम्पनी कार्यालय रहेको, धितोपत्र बजार बैंक, वित्तिीय क्षेत्र लगायत विविध क्षेत्रका अनुभवी व्यक्तिहरुको व्यवस्थापनमा संलग्नता, सामुहिक निर्णय प्रकृया, प्रविधिमैत्री सेवा तथा ग्राहक सेवामा प्रतिवद्ध कर्मचारी नै कम्पनीको सवल पक्ष रहेको भनाई कार्यकारी अध्यक्ष शालिकराम अधिकारीले बताए ।

कम्पनीले सेवा शुभारम्भको विशेष अवसरमा विभिन्न छुट तथा सुविधा उपलव्ध गराउने बताएको छ । भविष्यमा आवश्यक प्रकृया पुरा गरी पोखरा लगायत प्रमुख शहरहरुमा शाखा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । साथै शेयर सम्बन्धमा जनचेतना जागृत गर्न संभाव्य स्थानहरुमा शेयर सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने सोच रहेको पनि कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved