सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एसबिआई मर्चेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2023 | 11:27:26 AM मा प्रकाशित

laxmi  sunrise bank
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई शेयर रजिष्ट्रार चयन गरेको छ ।

यस संगै सन नेपाल लाइफको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु   नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्ने छ  । 

कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ ।  भदौ १५ गते बिहान ८ बजे शेयर शेयर बाँडफाँड हुने छ ।  

कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई  ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गरेको थियो ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो। 

कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved