सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।
क्यापिटलका अनुसार यस आईपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए । जस मध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ६० हजार ६१ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जसबाट ७ लाख ६८ हजार हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।
आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट https://www.nsmbl.com.np, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ।
कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई शेयर रजिष्ट्रार पनि चयन गरिसकेको छ ।
यस संगै कम्पनीको शेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्ने छ।