सनराइज क्यापिटलद्वारा ३० प्रतिशत लाभांश प्रस्ताव, लक्ष्मी क्यापिटलसँग मर्ज हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2023 | 08:47:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले असोज १० गते कमलपोखरी स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव हुने छन् ।

क्यापिटलको संचालक समितिको बैठकले आ.व. २०७९/०८०  को मुनाफाबाट ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै सभामा सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मर्ज गर्ने प्रस्ताव पेश हुने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

साधारण प्रस्ताव

१) संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व.२०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात र सोही अवधिको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८०/०८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने।

४) संचालक समितिबाट सिफारिस गरे बमोजिम आ.व. २०७९/०८० को मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

विशेष प्रस्ताव 

सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (Merger) गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी दिने ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved