माईखोला हाइड्रोपावरको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 09:14:16 AM मा प्रकाशित

laxmi  sunrise bank

माईखोला हाइड्रोपावर कम्पनीले आह्वान गरेको आर्थिक वर्ष २०७९/८० को साधारणसभा स्थगित भएको छ । कम्पनीले असोज ९ गते मंगलबार लर्ड पार्टी भेन्युमा साधारणसभा गर्ने भन्दै भदौ १८ गते सुचना जारी गरेको थियो ।

तर प्राविधिक कारणले उल्लेखित मितिमा साधारणसभा गर्न सम्भव नरहेको भन्दै कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीले साधारणसभाको लागि अब अर्को मिति तय गर्ने बताएको छ।

कम्पनीको बोलाएको साधारणसभाको विशेष प्रस्तावको रुपमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव रहेको थियो ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved