नेप्सेमा ४० हजार कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 03:33:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल फाइनान्सको हकप्रद शेयर सुचिकृत भएको छ । आज कम्पनीको ४० हजार २ सय ४५  कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । यो लिलाम मार्फत बिक्री गरिएको हकप्रद शेयर हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आए पछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्। 

कम्पनीले जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म  १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४ सय २८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ दशमलव २७५० कित्ता हकप्रद निष्काशन गरेको थियो ।  हकप्रदमा बिक्रि नभएको शेयर लिलाम मार्फत बिक्री गरिएको हो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved