नेप्सेमा रिलायबल लाइफ इन्स्योरेन्सको आईपीओ सुचिकृत, कतिमा सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 12:30:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।  आज बुधबार कम्पनीको ४ करोड कित्ता शेयर सुचिकृत भएको हो ।

 आज बुधबार शेयर सुचिकृत भएसंगै भदौ ३१ गते आइतबार कम्पनीको शेयर कारोबार गर्न सकिने छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।

नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि १६२.२९ रुपैयाँ देखि ४८६.८७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  RNLI सिम्बलबाट कारोबार हुने छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved