सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिहिबार बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले आज भदौ २८ गते बिहिबार दिउँसो २ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो। सार्वजनिक विदा भएपनि आज शेयर बाँडफाँड गर्न लागिएको क्यापिटलले जनाएको छ ।
सिटिजन लाइफले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई ९० लाख कित्ता शेयर शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् । कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो। कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।