३२ पटक पेशी तोकिँदा पनि टुंगिएन धितोपत्र बोर्डका निवर्तमान अध्यक्षको मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2023 | 03:05:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको २ वर्ष पुरा भएको छ । उनले २०७८ भदौ २३ गते मुद्दा दायर गरेका थिए । 

यदि आज २०८० भदौ २८ गते सार्वजनिक विदा नपरेको भए सो मुद्दामा आज ३२ औ पटक पेशी तोकिने थियो । तर आज सार्वजनिक विदा पर्यो । यस संगै अब यो मुद्दामा अर्को पेशी कहिले तोकिन्छ भन्ने पनि निश्चित छैन । 

अर्थ मन्त्रालयले आफूलाई स्पष्टिकरण सोधेर बर्खास्त गरेपछि ढुंगानाले २०७८ भदौ २३ गते रिट सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उनले सर्वाेच्चमा ३ वटा छुट्टाछुट्टै रिट दर्ता गरेका छन्। यी सबै रिटलाई सर्वोच्चले एकै ठाउँमा राखेर हेर्दै आएको छ ।

मन्त्रिपरिषदले बर्खास्त गर्ने निर्णय गरेपछि सो विरुद्ध २०७८ कार्तिक ७ गते र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएपछि उक्त नियुक्त बदर गरी आफूलाई नै पुनर्बहाली गर्न माग गर्दै २०७९ वैशाख २१ गते रिट दायर गरेका थिए । अदालतले सबै रिटलाई एकै साथ सुनुवाई गर्दै आएको छ । ढुंगानाले रिटमा आफूलाई निलम्बन गर्ने, बर्खास्त गर्ने र नयाँ अध्यक्ष चयनको लागि भएका सम्पूर्ण प्रक्रिया बदर गरी बोर्ड अध्यक्षमा आफूलाई पुनर्बहाली गर्न माग गरेका छन् ।

अदालतले २०७८ भदौ २९ मा न्यायधीश कुमार रेग्मीको इजलाशले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिने नदिने बारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । त्यसपछि २०७९ जेठ २३ मा अदालतले यो मुद्दालाई पूर्ण इजलाशमा पेश गर्न आदेश दिएको थियो । २०७९ फागुन २५ गते यस मुद्दामा सर्वोच्चले मिसिल झिकाउने आदेश दिएको थियो । उक्त आदेशमा प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयसँग बर्खास्त गर्दाको निर्णयकपि ल्याउन भनिएको थियो । त्यस्तै बर्खास्त गर्दा टेकेका कानूनी आधारसहितका प्रमाणहरु के–के हुन् साथै ल्याउने गरी मिसिल झिकाउने आदेश भएको थियो । त्यसपछि ६ पटक यस मुद्दाको पेशी तोकिए पनि हेर्न नमिल्ने वा हेर्न नभ्याइनेमा परेको थियो। समग्रमा ढुंगानाको मुद्दामा ३२ पटक पेशी तोकिएपनि यो मुद्दा अझै टुंगो लाग्न सकेको छैन । 

अर्थ मन्त्रालयले ढुंगानालाई बर्खास्त गरेर २०७८ फागुनमा बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved