कुन मूल्यमा भयो रिलायबल लाइफ इन्स्योरेन्सको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 10:46:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार सुचारु भएको छ ।  आज आइतबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएको हो ।

कम्पनीको पहिलो कारोबार प्रति कित्ता ४८६.६ रुपैयाँमा भएको छ । नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि १६२.२९ रुपैयाँ देखि ४८६.८७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेकोमा ४८६.६ रुपैयाँबाट कारोबार सुरु भएको हो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  RNLI सिम्बलबाट कारोबार सुरु भएको हो ।  गत बुधबार कम्पनीको ४ करोड कित्ता शेयर सुचिकृत भएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved