हाथवे इन्भेष्टमेन्टको आईपीओ आज बाँडफाँड हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 08:19:45 AM मा प्रकाशित

laxmi  sunrise bank

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको आईपीओ आज मंगलबार बाँडफाँड हुँदै छ ।  बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज असोज २ गते बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५०  कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीको प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको छ । आईपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड हुने छ । कम्पनीले यस अघि नै  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ ।  

नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो शेयरको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपीओ प्रति कित्ता ५० रुपैयाँ मै आएको हो ।  कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गरेको हो  । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।  

हाल नेपाली बजारमा सोल्टी होटेल लिमिटेडले प्रति कित्ता १० रुपैयाँ अंकित मूल्य कायम गरेर शेयर निष्काशन गरेको थियो। सोल्टी होटेल बाहेक सबै कम्पनीले प्रति कित्ता १०० रुपैयाँ कायम गरेर शेयर निष्काशन गरेका थिए। हाथवे प्रति कित्ता ५० रुपैयाँमा शेयर निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ । 

यस कम्पनीले शेयर बजारमा लगानी गर्दै आएको छ । यस कम्पनीको संस्थापकहरुमा आईएमई समुहमा आवद्द व्यक्तिहरु रहेका छन् । कम्पनीको ३०.१ प्रतिष शेयर हेमराज ढकालसंग रहेको छ । उनी आईएमई ग्रुपको को-फाउण्डर तथा म्यानेजिङ डाइरेक्टर हुन् । त्यस्तै कम्पनीको २८.१ प्रतिशत शेयर एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रालिसंग रहेको छ । ८.७ प्रतिशत शेयर अम्बिका प्रसाद पौडेलसंग रहको छ भने ५.७ प्रतिशत शेयर निमिषा इन्भेष्टमेन्ट प्रालिसंग रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved