धितोपत्र बोर्डद्वारा केयर रेटिङस् कम्पनीलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 10:14:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले केयर रेटिङ कम्पनी केयर  रेटिङस् नेपाललाई कारवाही गरेको छ। आज मंगलबार बसेको बोर्डको संचालक समितिको बैठकले  ५० हजार रूपैयाँ नगद जरिवाना गर्ने निर्णय गरेको हो।

नियम विपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई नगद जरिवाना गर्ने निर्णय गरेको संचालक समितिमा एक सदस्यले जानकारी दिए। बोर्डले यस अघि सो कम्पनीलाई स्पष्टिकरण सोधेको थियो । रेटिङ नियमावली २०६८ उल्लंघन गरि आफ्नो मुख्य सेयर धनी रहेको कम्पनीको रेटिङ गरेकोबारे कम्पनीले स्पष्टिकरण सोधेको थियो ।

क्रेडिट रेटिङको नियमावलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने व्यवस्था छ । तर कम्पनीले सो व्यवस्था विपरित रेटिङ गरेको खुल्न आएको थियो । 

केयर रेटिङमा विशाल ग्रुपको लगानी रहेको छ । तर कम्पनीले विशाल ग्रुपकै लगानी रहेका कम्पनीहरुको रेटिङ गरेको पाईएको थियो ।  विशाल ग्रुपकै लगानी रहेको घोराही सिमेन्टको आईपीओको  रेटिङ पनि केयरले नै गरेको थियो । रेटिङ कै विषयलाई लिएर घोराही सिमेन्टको आईपीओ समेत केहि समय रोकिएको थियो ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved