१० कम्पनीले ओगट्छन् कुल डिम्याटको ५० प्रतिशत बढी हिस्सा, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2023 | 10:57:12 AM मा प्रकाशित

laxmi  sunrise bank

डिम्याट खाता सेवाको ५० प्रतिशत बढी व्यवसाय १० कम्पनीले ओगटेको पाईएको छ । नेपालमा झन्डै १०० वटा डिपोजिटरी पार्टीसिपेन्ट अर्थात् डिम्याट सेवा प्रदायक रहेको भएपनि १० कम्पनीले ५० प्रतिशत बढी व्यवसाय ओगटेका हुन्।

२०८० भदौ २६ गतेसम्मको तथ्यांक अनुसार नेपालमा कुल डिम्याट संख्या ५९ लाख ८० हजार ३ सय २७ रहेको छ । जसमा ११.४१ हिस्सा अर्थात् ६ लाख ८२ हजार ५ सय ४० डिम्याट खाता एनआईसी एसिया बैंकको छ । हाल एनआईसी एसिया नै सबैभन्दा ठुलो डिम्याट सेवा प्रदायक हो । डिपी नाम एनआईसी एसिया बैंक भएपनि डिम्याट सम्बन्धी सम्पूर्ण सेवा भने एनआईसी एशियाल क्यापिटलले प्रदान गर्ने गरेको छ ।

दोस्रो नम्बरमा  ७.६३ प्रतिशत हिस्सा सहित ग्लोबल आईएमई क्यापिटल रहेको छ । ग्लोबलले ४ लाख ५६ हजार ८ सय ६७ वटा डिम्याट खोलेको छ । ३ लाख ९४ हजार १ सय ६३ डिम्याट सहित सिद्धार्थ क्यापिटल तेस्रो स्थानमा छ । त्यस्तै ३ लाख ४ सय ७१ वटा डिम्याट सहित एनआइबिएल एस क्यापिटल चौथो स्थानमा छ । 

एनआईसी एसिया क्यापिटल, एनआईएमबी क्यापिटल, ग्लोबल आईएमई क्यापिटल , सिद्धार्थ क्यापिटल, एनएमबि क्यापिटल, नाबिल इन्भेष्टमेन्ट, प्रभु क्यापिटल, सिटिजन्स बैंक, र आरविवि मर्च्नेट बैंकिङले कुल डिम्याटको ५० प्रतिशत बढी हिस्सा ओगटेको देखिन्छ ।

डिम्याट खोल्ने टप कम्पनी  


हेर्नुस् कुनको डिम्याट संख्या कति ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved